उपलब्धता  |  साइट सूची   Register
विद्युतीय सुशासनतर्फको अग्रसरता   >>   संस्थागत व्यवस्था   >>   प्रमाणीकरण नियन्त्रकको कार्यालय

पृष्ठभुमि

दिन प्रतिदिन बढ्दै गईरहेको सूचना प्रविधिको विकास अनि संग संगै फराकिलो हुदै गइरहेको यसको कार्यक्षेत्रको समुचित विकास गर्दै सहि मार्गमा क्रियासिल गराउनका लागि सहि मार्ग चित्रणको आबश्यकता पर्दछ | अन्यथा अन्यौलको वातावरणमा न त यसको सहि रुपमा मुल्यांकन हुन सक्छ न निश्चित उदेश्य प्राप्त गर्न सकिन्छ |यस कारणले गर्दा सूचना प्रविधिको द्रुत गतिमा विकास गर्दै समाजका हरेक पक्षसंग यसको सरोकार गराउन निश्चित उदेश्य र नीतिहरुलाई अवलम्बन गरि देशको समाजको विकासमा टेवा पुर्रयाउन आवश्यक छ |

नेपालको परिपेक्षमा सूचना प्रविधि ,बिधुतिय अथवा अनलाइनबाट गरिने कारोबारको शुरुवात एउटा नया आयाम हो | यसको विकासको चरणलाई नीतिगत ढाँचामा रुपान्तरित गरि आम जनतामा सर्ब सुलभ तथा सहज गराई बिधुतिय कारोवार विकास क्रमलाई अघि बढाउन सकिन्छ |

अनलाइन बाट गरिने कार्यहरुको नियमित, कानुनि मान्यता, संरक्षण र विकासको लागि नेपाल सरकारले अन्य देशहरु झै विद्युतिय कारोवार ऐन २०६३ लागु गरेको र जसको कार्यान्वयनका लागि ऐन मा व्यवस्था भए वमोजिम प्रमाणिकरण नियन्त्रकको कार्यालय खडा गरिएको छ ।

विस्तृत जानकारी
[स्रोत : प्रमाणीकरण नियन्त्रकको कार्यालय]

अद्यावधिक भएको अन्तिम मिति : ०३/०२/२०१५