उपलब्धता  |  साइट सूची   Register
पर्यटन   >>   यातायात

यातायात

सार्वजनिक यातायात

काठमाडौं उपत्यकाका विभिन्न ठाउहरुका लागि छुट्ने धेरै बस, मिनीबस र माइक्रो बसहरु रत्नपार्क र पुरानो बसपार्कमा पाइन्छन् । काठमाडौंमा यात्रा गर्नका लागि ब्याट्रीबाट सञ्चालित तीन पाङग्रेहरु पनि उपलब्ध छन् ।

मिटर ट्याक्सी

तपाईले जान चाहनुभएको दिशाहरु पत्ता लगाउन काठमाडौं उपत्यकाको नक्सा हेर्नुहोस् र ट्याक्सीमा चढ्नुहोस् । सबैभन्दा माथि भाडाका लेखेका र कालो प्लेट नम्बर भएका काठमाडौंका ट्याक्सीहरु सजिलै चिन्न सकिन्छ । रात्रीको समयमा चल्ने ट्याक्सीहरु पनि पाइन्छ र यी रात्री ट्याक्सीहरु मुख्य होटलहरुले पनि सञ्चालन गर्दछन् । रात्री ट्याक्सीको भाडा मिटर ट्याक्सीहरुको भन्दा बढी हुन्छ । ट्राभल एजेन्ट र भाडामा कार उपलब्ध गराउने कम्पनीहरुसित निजी कार पनि भाडामा लिन सकिन्छ ।

भाडाका माउन्टेनबाइक तथा साइकलहरु

थोरै पैसा खर्च गर्न चाहने पर्यटकहरुका लागि भाडाका माउन्टेन बाइक र साइकलहरु सस्ता र सबैभन्दा राम्रो यातायातका माध्यम हुन् । त्यस्ता बाइक र साइकिलहरु काठमाडौंका ठमेल र रानीपोखरी क्षेत्रबाट भाडामा लिन पाइन्छ ।

लामो दुरीका बससेवाहरु

नेपालका सबै शहरहरुमा जानका लागि काठमाडौंमा लामा दुरीका दिवा तथा रात्री बस सेवाहरु पाइन्छन् । काठमाडौंको बालाजु नजिकको चक्रपथ छेउमा रहेको गोंगबुको नयाँ बसपार्कबाट देशका विभिन्न शहर जाने बसहरु छुट्छन् । लामेा दुरीमा यात्रा गर्नका लागि ६ सिट भएका टाटा सुमो भ्यान, १२ सिट भएका भ्यान तथा मिनीबसहरु पनि पाइन्छन् ।

आन्तरिक हवाई सेवा

नेपाल एअरलाइन्सले देशका मुख्य भागहरुमा हवाई सेवा सञ्चालन गर्दछ । नेपाल एअरलाइन्सबाहेक आन्तरिक हवाईकम्पनीहरुले पनि मुख्य घरेलु गन्तव्यमा नियमित र चार्टड हवाईसेवा उपलब्ध गराउद छन् । यहा १८ भन्दा बढी निजी आन्तरिक हवाई कम्पनीहरुले यी सुविधा उपलब्ध गराउद छन् ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४