उपलब्धता  |  साइट सूची   Register
पर्यटन   >>   नेपाल भ्रमण   >>   हिमाल तथा चुचुराहरु

नेपाललाई पहिलो चोटी पर्वतारोहणका लागि बाहिरी जगतमा सन् १९५३ देखी खुला गरिएको हो । संसारका १४ वटा ८ हजार मिटरभन्दा अग्ला चुचुराहरू मध्ये संसारकै सबैभन्दा अग्लो सगरमाथा(८८४८ मी) साथै अन्य ७ वटा क्रमश: कंचनजंघा(८५८६ मी), ल्हाटेसे (८५१६ मी), मकालु (८४६६ मी), चीपु (८२०१ मी), धौलागिरी (८१६७ मी), मनास्लु(८१६३ मी) र अन्नपूर्ण (८०९१ मी) रहेका छन् । यीनै हिमाल माथी पाइला राखने कार्यहरु चुनौतिपूर्ण तथा साहसिक भएकाले वर्षेनी विदेशबाट पर्यटकहहरूको ठूलो भीड लाग्दछ। यि हिमाल चुचुराहरू पूर्व मेची देखी पश्चिम महाकाली सम्म क्रमश: कंचनजंघा,लुम्वसुम्व, कुम्मकर्ण, खुम्वू, रोल्वालिङ्ग, जुगल, लामटाङ्ग, गणेश, गोरखा, अन्नपूर्ण, धैालागिरी, कान्जिरावो, अपि र सपपाल पर्दछन।

पर्वतारोहणका लागि:

यी हिमालहरू वर्षका चारै ऋतुहरूमा चढ्नका लागि खुला गरिएका छन् ।

  • हेमन्त (मंसीर, पुस)
  • शिशिर (माघ, फागुन)
  • बसन्त (चैत, वैशाख)
  • ग्रीस्म (जेष्ठ, असार)
  • बर्षा (साउन, भदौ)
  • शरद् (असोज, कात्तिक)

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठूला हिमाल चढ्ने अनुमति प्रदान गर्छ भने नेपाल पर्वतारोहण संघले ५,५०० मिटरदेखि ६६५४ मीटर अग्ला हिमालहरूमा पदयात्रा गर्ने अनुमति दिन्छ ।

पर्वतारोहणका लागि प्रस्थान गर्नुभन्दा अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भृकुटी मण्डपमा रहेको पर्यटन विकास महाशाखा अथवा काठमाडौंको नक्सालमा रहेक नेपाल पर्वतारोहण संघमा लाग्ने रोयल्टी तिनुपर्दछ ।

रोयल्टीको विस्तृत विवरणका लागि हेर्नुहोस्:

विस्तृत जानकारी

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : २८/०१/२०१६