उपलब्धता  |  साइट सूची   Register
पर्यटन   >>   भ्रमण सल्लाह   >>   भ्रमण निर्देशिका   >>   महत्वपुर्ण सम्पर्क

यात्राको क्रममा कुनै पनि ठाउँ र समयमा आपतहरू अर्थात् आकस्मिक घटनाहरू घट्न सक्छन् । तसर्थ हामी सबै पर्यटकहरूलाई यात्रा शुरु गर्नुभन्दा अघि नै त्यस्तो अवस्थाका लागि राम्रो तयारी गर्न अनुरोध गर्दछ । कथंकदाचित् कुनै पर्यटकहरूले कुनै संकट वा आपत्कालिक अवस्थाको सामना गर्नुप्यो भने नेपाल पर्यटन बोर्डले आवश्यक हस्तक्षेप र समन्वय गरी पर्यटक उद्योग र अरु निकायहरूजस्तै स्वास्थ्य सेवा, विदेशी राजदुतावास, प्रेस, सुरक्षा र उद्धार संघलाई पर्यटकहरूको सुरक्षाको प्रत्याभूति दिन र तिनीहरूका आफन्तलाई सत्यतथ्य सूचनाहरू दिने सल्लाह दिन्छ । पर्यटकलाई सुरक्षा प्रदान गर्न टुर सञ्चालकहरू र बस्ने खाने सुविधा प्रदान गर्नेहरू तथा नेपालका मुख्य सुरक्षा फौजहरूको एउटा प्रमुख कार्य हो ।

संकट, आपतमा परेका पर्यटकहरूले तलको ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।

पर्यटन प्रहरी, भृकुटीमण्डप
टेलिफोन नं:+९७७-१-४२४७०४१ 
फ्याक्सः+९७७-१-४२२७२८१
पर्यटन प्रहरी, कमलपोखरी
टेलिफोन नं:+९७७-१-४७००७५०
पर्यटन प्रहरी, बसन्तपुर
टेलिफोन नं:+९७७-१-४२६८९६९, ४२६९५४२
पर्यटन प्रहरी, गौशला
टेलिफोन नं:+९७७-१-४४७८१२६
पर्यटन प्रहरी, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल
टेलिफोन नं:+९७७-१-६२२७१२२
पर्यटन प्रहरी, पोखरा
टेलिफोन नं:+९७७-६१-४६२७६१
पर्यटन प्रहरी, बेलिया
टेलिफोन नं:+९७७-७१-५२०१९७
प्रहरी प्रधान कार्यालय, नक्साल
टेलिफोन नं:+९७७-१-४४१२७८०, ४४११५४९
महानगरीय प्रहरी प्रभाग, रानी पोखरी
टेलिफोन नं:१००, १२०, १३ वा +९७७-१-४२२५९८९
अध्यागमन विभाग, कलंकीस्थान
टेलिफोन नं:+९७७-१-४४२९६६०
पर्यटन आपत /संकट युनिट
टेलिफोन नं:+९७७-९८५१०४४०८८
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप
टेलिफोन नं:+९७७-१-४२२९६६०
नेपाल पर्यटन बोर्ड, पोखरा
टेलिफोन नं:+९७७-६१-४६५२९२, ४६३०२९
हिमालय उद्धार संघ
टेलिफोन नं:+९७७-१-४४४०२९२, ४४४०२९३

संकटका प्रकारहरू

यात्रा गर्दा प्राकृतिक विपत्तिहरू तथा मानव निर्मित अप्ठ्याराहरू आउन सक्छन् र हामी हाम्रा पर्यटकहरूलाई यात्रा गर्नुभन्दा पहिला सम्भावित विपत तथा आपतकालिन अवस्थाको बारे पूर्ण रुपले सचेत रहन सल्लाह दिन्छौं । हिउँ पहिरो,भूकम्प, आगलागी, बाढी, पहिरो, रोगव्याध, हिमहुरी, हिउँले खुट्टा खाने, उचाईको विरामी तथा हिमअन्धो आदि जस्ता कुरा प्राकृतिक विपत्ति अन्तर्गत पर्दछन् ।

त्यस्तै मानव सिर्जित विपत्तिहरूले पनि यात्रामा कठिनाई ल्याउने र पर्यटकका नियमित कार्य तथा गतिविधिहरूलाई प्रभाव पार्ने गर्दछन् । विरोध, बाटोमा अवरोध, हड्ताल, बन्द, राजनीतिक दलहरू र जनताबीच हुने अशान्ति, दिकदारी दिने काम, दुर्घटना, स्थानीय द्वन्द्व र युद्ध मानव सिर्जित विपत्तिहरू हुन् ।

हामी तपाईहरूलाई आफ्नो सुरक्षाका लागि तलका बुँदाहरू ख्याल गर्नका लागि आव्हान गर्दछौं ।

सामान्य पर्यटकका लागि

  • कृपया, प्रमाणित गरेका तपाईको राहदानीका प्रतिलिपीहरू, विमाका कागजहरू र अरु डकुमेन्ट बोक्नुहोस् र आफ्ना सक्ककली कागजपत्रलाई होटलमै सुरक्षित राख्नुहोस् ।
  • केही हराएमा, चोरी भएमा, ठगिएमा वा लुटिएमा पर्यटन प्रहरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस् ।
  • आफ्ना बहुमूल्य र अन्य सामान जस्तै नगद र जिन्सीको राम्रो हेरविचार गर्नुहोस् र तिनीहरूलाई त्यत्तिकै नछाड्नोस् ।
  • सधैं सरकारले प्रमाणित गरेका ट्राभल, ट्रेकिङ, ¥याफटिङ र यातायात निकायहरूको मात्र सेवा लिनुहोस् ।
  • कृपया आधिकारिक रुपमा पैसा साट्नेहरूसँग मात्र पैसा साट्नुहोस् र बिल लिन नबिर्सिनुहोस् ।
  • यात्रा गर्नुभन्दा अगाडि आफुले चढ्ने ट्याक्सी र बसको नम्बर टिप्नोस् ।
  • कृपया नेपाल आइपुगेपछिको जानकारी तपाईको राजदुतावासमा दिनुहोस् ।
  • कृपया उपचार गरेको, उमालेको अथवा राम्ररी सिल गरिएको मिनरल बोतलको पानी मात्र पिउनुहोस् । सिल गरेका मिनरल वाटरका बोतल सबै दोकानहरूमा र पानी सफा गर्ने दबाई औषधि पसलहरूमा पाईन्छ ।

पर्वतारोहीहरू र पदयात्रीहरूका लागि

  • कृपया पदयात्रामा निस्कनु भन्दा पहिला आफ्नो पदयात्रा सूचना व्यवस्थापन पद्धति कार्ड(त्क्ष्ःक्) लिनुहोस् ।
  • पर्वतारोहीहरू र उच्च भूभागमा पदयात्रा गर्नेहरूले, कृपया हिमालमा हुने बिसञ्चो, ३००० मिटर भन्दा माथिको उचाईमा पदयात्रा गर्दा खतराजनक हुन्छ जसको बारेमा पर्याप्त जानकारी राख्नुहोस् ।
  • तीन हजार मीटर भन्दा माथि पदयात्रा गर्दा कृपया मादक पदार्थ सेवन नगर्नुहोला ।
  • कृपया, तोकिएको पदमार्गको प्रयोग गर्नुहोला र साविक पदमार्गमा भन्दा अरु पदमार्गबाट यात्रा नगर्नुहोला ।
  • कृपया समूहमा पदयात्रा गर्नुहोला, एक्लै होईन ।
  • उच्च स्थान र चिप्लो क्षेत्रमा पदयात्रा गर्दा आफ्नो शरीरलाई सन्तुलित राख्न र बाटाको अवस्था थाहा पाउन लौरो टेक्नुहोला । लौराको प्रयोगले ओरालो झर्दा घुँडामा पर्ने तनावलाई हटाउन सकिन्छ ।
  • कृपया टर्चलाईट, वर्षादी र प्राथमिक उपचारका सामानहरू बोक्नुहोला ।
  • कृपया दक्षिण तिरका होचा भूभागमा यात्रा गर्दा लामखुट्टे धपाउने कुराहरू बोक्नुहोला ।
  • लेक लागेमा र उच्च भूभागमा कुनै औषधि उपचार चाहिएमा कृपया हिमालय उद्धार संघमा सम्पर्क गर्नुहोला ।
  • पदयात्रा वा पर्वतारोहणमा चार्टर हेलिकप्टरमार्फत उद्धार सहयोग चाहिएमा तपाईको एजेन्सीसित सम्पर्क राख्नुहोला ।

बन्द हड्तालका बेला

  • कृपया ठूलो भीडहरू, विरोध कार्यक्रमहरू र जुलुसको छेउमा नजानुहोला ।
  • बन्द र हड्तालका बेलामा पनि पर्यटक वाहनहरू सञ्चालनमा हुन्छन् ।
  • हड्ताल र बन्दका बेला सटल बसहरूले पर्यटकहरूलाई शहरका मुख्य भागबाट त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल हवाई मैदान र त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट शहरका मूख्य भूभागसम्म ओसार्ने गर्दछन् ।
  • बन्द र हड्तालका बारेमा जानकारी लिन तथा पछिल्लो सूचनाहरू नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस् ।

पर्यटन प्रहरी

वि.सं. २०३६ सालमा संस्कृति, पर्यटन र नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पर्यटन विकास शाखाको मातहतमा स्थापित पर्यटन प्रहरी नेपाल प्रहरीको एउटा विशेष एकाई हो । पर्यटन प्रहरीको प्रमुख दायित्व भनेकै नेपालमा रहुञ्जेल पर्यटकहरूको भलाईको लागि काम गर्नु हो । पर्यटकलाई नेपाल भ्रमण गर्दा वा नेपालमा रहँदा उनीहरूको सुरक्षाको लागि सहयोग पु¥याउनु नै यसको काम हो ।

नेपाल पर्यटन बोर्ड

सूचना सञ्जाललाई बलियो र सुदृढ पारी पछिल्ला आधिकारिक अवस्थाका बारेमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा रहेका सूचना केन्द्रले आफ्ना ग्राहकहरू, पर्यटन व्यवसायी, मिडिया र शुभेच्छुकहरूलाई साप्ताहिक रुपमा सूचनाहरू पठाउने गर्दछ । संकटका बेलामा नेपाल घुम्न आएकाहरूको आवश्यकता पुरा गर्न स्थापित नेपाल पर्यटन बोर्डको यो सूचना केन्द्रमा आवश्यक सूचना दिन र सोधिएका विशेष प्रश्नहरूको जवाफ दिनका लागि २४ घण्टे हटलाइन(सिधा सम्पर्कं) सञ्चालित छ । नेपाल आइपुग्ने र नेपालबाट प्रस्थान गर्ने पर्यटकहरूको सुविधालाई ख्याल गर्दै नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीहरूको समन्वयमा नेपाल बन्दको बेला काठमाडौंको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट शहरका विभिन्न भागमा र शहरका विभिन्न भागबाट त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल सटलबसहरू सञ्चालन गर्दै आएको छ ।

हिमालय उद्धार संघ

विकट दुर्गम क्षेत्रमा पदयात्राका लागि जाने नेपाली तथा विदेशी पर्यटकहरू संख्यामा भएको वृद्धिलाई मध्यनजर राख्दै नेपालका हिमाली क्षेत्रमा हुने हताहतिलाई कम गर्ने उद्देश्यका साथ २०३० मा स्थापित हिमालय उद्धार संघ एउटा नाफारहित स्वयंसेवक संस्था हो ।

विदेशी पर्यटकलाई नेपालका ३,००० मीटरभन्दा माथि पदयात्रा गर्दा लाग्ने लेक अर्थात हिमालमा लाग्ने रोगबाट बचाउनु नै हिमालय उद्धार संघको एउटा प्रमुख कार्य हो । विगत ३५ वर्षदेखि नै यो संघले पर्यटनका लागि हिमालय अझ सुरक्षित पार्न मद्धत पुरायाईरहेको छ । स्थापनाकालदेखि नै यसले ४,००० मिटरको उचाईमा रहेको फेरिर्चको खुम्बु गाउँमा एउटा सानो उपचार केन्द्र सञ्चालन गरिरहेको छ । पदयात्राको समयमा वर्षको २ चोटी स्वयंसेवक डाक्टरबाट यो उपचार केन्द्र सञ्चालनमा ल्याईन्छ । त्यसैगरी, ४,००० मीटरको उचाइमा रहेको सगरमाथा आधारशिविरमा पनि सगरमाथा आरोहण गर्ने समय बसन्त र शरद ऋतुहरूमा एउटा उपचार केन्द्र सञ्चालनमा ल्याईन्छ । हिमालय उद्धार संघमा आबद्ध स्वयंसेवक चिकित्सकबाट सञ्चालित एउटा स्थायी उपचार केन्द्र मनाङमा स्थापना भएको छ । यस संघले विभिन्न समयमा विभिन्न ठाउँहरू जस्तै रोल्वालिङको ना गाउँमा, अन्नपूर्ण क्षेत्रको प्रवेशद्वारमा र गोसाइकुण्डमा अस्थायी पोष्टहरू सञ्चालन गर्दछ ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०९/०४/२०१५