उपलब्धता  |  साइट सूची   Register
पर्यटन   >>   भ्रमण सल्लाह   >>   भ्रमण निर्देशिका   >>   पोशाक शिष्टाचार

सामान्य शिष्टाचारहरु

  • नेपालीहरुले पालना गर्ने सामान्य पोषाक शिष्टाचारबारे जानकारी राख्न पर्यटकहरुका लागि उपयुक्त हुन्छ ।
  • नेपालमा कसैलाई अभिवादन गर्दा दुईटै हत्केलालाई एकै ठाउँ जोडेर नमस्ते गरिन्छ ।
  • आदर जनाउने प्रतिकका रुपमा नेपालीहरू कसैको घरमा वा पूजा भइरहेका घरमा प्रवेश गर्नुभन्दा अगाडि जुत्ता फुकाल्छन् ।
  • खाना र अरु कुनै चिज अन्य व्यक्तिको मुखले छोएमा त्यसलाई जुठो अथवा अपवित्र मानिन्छ ।नजीकका साथीहरू र परिवार भित्र मात्र जुठो चल्छ ।
  • कुनै चिजलाई खुट्टाले छुनु अथवा कसैलाई केही चिज देब्रे हातले दिने कामलाई राम्रो मानिन्दैन ।
  • धेरै छोटा लुगा लगाउने महिलाहरुलाई गाउँघरमा सहजै स्वीकारिँदैन ।
  • प्रेम भावलाई सार्वजनिक रूपमा व्यक्त गर्ने कार्य राम्रो मानिन्दैन ।
  • टाउकोलाई अगाडिबाट तल र माथि गर्नु भनेको 'हो' अथवा 'अँह' भन्नु हो भने दाँयाबाँया गर्नुको अर्थ 'होइन' हो । तर देब्रेबाट टाउकालाई अलिकति दाइनेतिर लड्काउनु भनेको 'ठिक छ' हो ।
  • पुरुष वा महिलाले चाहेको खण्डमा तपाई हात मिलाउन सक्नुहुन्छ । तर हात मिलाउन तपाई आफैले हात अगाडि नल्याउनुहोस् ।
  • विवाद ननिम्त्याउनका लागि अनुमति लिएर मात्रै फोटो खिच्ने गर्नुहोस् ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०९/०४/२०१५