उपलब्धता  |  साइट सूची   Register
पर्यटन   >>   खाना

खाना

नेपालमा खाना पकाउने कुनै अनौठो तरिका छैन । तर पनि ठाउँका आधारमा फरक फरक खाना खाने चलन छ । नेपालको खाना भारतीय र तिब्बती खाना बनाउने तरिकाबाट प्रभावित छ । नेवारी र थकाली खानामा नेपालको खानाको आधिकारिक स्वाद पाउन सकिन्छ । धेरैजसो नेपालीहरूले चम्चा प्रयोग गर्दैनन् र दाहिने हातले खाना खान्छन् । दाल,भात,तरकारी र अचार नेपालीका नियमित खाना हुन् । मासुको परिकार लोकप्रिय भए पनि महंगो पर्ने भएकाले नेपालीहरू विशेष अवसरमा मात्र मासु खान्छन् । नेपालीहरूको खानामा म:म सबैभन्दा लोकप्रिय छ । कुनै कुनै घरमा रोटी र ढिँडो पनि पाइन्छ ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४